अब मंगलबजारबाट लगनखेलसम्म फुटपाथमा व्यापार गर्न नपाइने

Dec 05, 2023 06:32 PM Merolagani



अब मंगलबजारबाट लगनखेलसम्म फुटपाथमा व्यापार गर्न पाइने छैन । ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार गर्न नदिने भएको छ । 

यहिँ मंसिर २४, आईतबारदेखि फुटपाटमा व्यापार गर्न नदिइने भएकाे हाे । सर्वसाधारणलाई हिँडडुल गर्नमै समस्या भएकाे भन्दै नगरपालिकाले यस्तेा निर्णय गरेकाे हाे ।

ललितपुर महानगरपालिकाले फुटपाथ व्यापारीहरुले सामान बेच्दा भीडभाड हुँदा हिँडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न लागेको हाे ।

मंगलबारदेखि माइकिङ र ब्यानर टाँसेर  आईतबारसम्म फुटपाथ व्यापार हटाउन ललितपुर महानगरपालिकाले अनुराेध समेत गरेको जानकारी दिएकाे छ ।