एनसेल शेयर खरिदबिक्री : छानबिन समिति गठन गर्ने सरकारकाे तयारी

Dec 05, 2023 09:38 PM merolagani



सरकारले  एनसेलको सेयर खरिद बिक्रीबारे विस्तृत छानबिन गर्ने बताएको छ ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका शीर्ष नेताहरुसँग छलफल गरेलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वक्तव्य जारी गरी छानबिन गर्ने बताएको हो । शीर्ष नेताहरूकाे बैठकले एनसेल सेयर खरीद बिक्रीलाइ शंकास्पद भनेकाे थियाे । साे बिषय छानवीन समिति बनाएर अघि बढ्ने तयारी भएकाे हाे । 

 

मंगलबार  बसेकाे सत्ता गठबन्धनकाे बैठकले एनसेलकाे शेयर खरिदबिक्रीकाे छानबिन गर्नुपर्ने निष्कर्ष निकालेकाे छ  । बैठकले एनसेल खरिदबिक्रीका विषयमा सरकारले गम्भीर अध्ययन र छानबिन गर्ने निचोड निकालेकाे हाे ।
 
बैठकले एनसेलको खरिदबिक्री नेपालको कानून विपरीत शंकास्पद रहेकोमा नेताहरूले बताए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले नै एनसेलको खरिदबिक्री प्रचलित कानून बमोजिम नभएकाे भनेर सबैले त्यसमा समर्थन गरेकाे बताए । ‘प्रधानमन्त्रीले भन्नुभएको ठीक हो भन्ने निष्कर्षमा बैठक पुगेको छ । शेयर खरिदबिक्रीकाे छानबिन एवं सुक्ष्म अध्ययन गर्नुपर्छ भन्नेमा सबैको एकमत राय छ,’ लेखकले भने ।