राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आजियाटाका सिईओलाई नै पत्र काट्नुपर्ने बताए । 'आजियाटाका सिईओले नेपालमा लगानीकाे वातावरण नरहेकाे र चुनाैती रहेकाे भन्दै अफवाह फैल्याउने अभिव्यक्ति दिएका छन । याे बिषयमा आजियाटाका सिईओलाई नै बाेलाउन आग्रह गर्दछु,' वाग्लेले भने । आजियाटाले जारी गरेकाे विज्ञप्तिमा नाजायज प्राबधान राखिएका छन । त्यसका लागिपनि एनसेलका मालिकलाई याे समितिमा ठड्याउनु पर्ने उनकाे भनाई छ । उनले लाइसेन्सीङका कानुनी प्रावधानबारे पनि अध्ययन गर्नुपर्ने बताए ।
याे एनसेलकाे शेयर बिक्रीमा ५०/६० अर्बकै चलखेल भएकाे अनुमान गरिएकाे उनकाे भनाइ छ । आजियाटाका सिईओ, एनसेलका नेपाली मुलका साझेदारलाई बाेलाएर छलफल हुनुपर्ने उनकाे माग छ । माओवादीका सांसद गंङ्गा कार्कीले आजियाटाले नेपालमा लगानीकाे वातावरण नभएकाे नाजायज बिषय उठाएकाे छ । याे बिषायलाई समितिले छानविन गर्नुपर्ने बताए । एनसेलकाे शेयर खरिदबिक्री प्रकरणकाे छानबिन हुनुपर्ने बताए । त्यस्तै काँग्रेसका सांसद दिपक खड्काले कानुन मिचेर शेयर खरिद बिक्री भएकाे तर, कर्मचारीले जवाफ दिएर नहुने बताए । नेपालकाे अर्थतन्त्र माफियाकाे हातमा रहेकाे उनकाे भनाई छ ।