प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायद्वारा हुने नदेखिएकाे पनि बताए । उनले भने, "विगतका तमाम कामहरुको योगदानको कुल योगफलले के देखाउँछ भने हामीले कहीँ न कहीँ रेडिकल्ली सोच्नुपर्ने हुन्छ।"
प्रधानमन्त्री प्रचण्डका अनुसार आगामी दिनमा गुणात्मक सुधारका उपाय खोजी गर्न जरुरी रहेको छ । ‘त्यसका लागि आफू परिवर्तनको दिशातिर जानुपर्ने हुन्छ । आउने वर्षहरुमा ती कुराहरुमा हामीले गुणात्मक सुधारका उपायहरुको खोजी गर्न जरुरी छ,’ उनले बताए।