विभागले केही समय अघि सूचनाका आधारमा फेला करिब ३२० बोरा चिनी बरामद गरेकाे थियाे । बरामद गरिएकाे चिनीकाे गुणस्तर परिक्षण गरेपछि अवैध आयातको भएको निश्कर्षमा विभाग पुगेकाे हाे ।
विभागका अनुसार अनुगमन टोलीले बरामद गरेकाे चिनी आयातकर्ताले भन्सारबाट लिलाम गरेर काठमाडौं ल्याएको बताएका थिए । यद्धपी गुणस्तर जाँच गर्दा आयातकर्ताको भनाइ र लिलामी गरिएको चिनीमा गुणस्तर र कागजपत्रमा फरक पाइएपछि चिनी अवैध भएको खुलेको थियाे।
हालकाे बजार मूल्य अनुसार सो चिनीको मूल्य १६ लाख रुपैयाँ भन्दा धेरै भएको विभागले जानकारी दिएकाे छ। साे चिनी भन्सार कार्यालयलाई पठाएर लिलामी गरी बजार पठाउन लागिएकाे छ ।
अहिले बजारमा चिनी अभाव रहेकाे छ । खाद्दान्न पसलदेखि किराना पसलसम्म चिनी नभएकाे व्यापारीहरू बताइरहेका छन् । जसकारण सर्वसाधारणहरू केहि मर्कामा परेका छन् ।