बिहिबार चौधरी समुहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले समाजिक सञ्चालमा एक स्टाटस लेख्दै नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएकाे बताएका छन् ।

उनले सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदै गएको दाबी गरेका छन् ।
उनल लेखेका छन ‘एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ।’ 