नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

Dec 08, 2023 02:57 PM Merolagani



एसीसी यू–१९ एशिया कप अन्तर्गत दुबईस्थित आईसिसी एकेडेमी ओभल–२ मा भएको नेपाल र पाकिस्तानबीचको खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङ्गको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाएर १५२ रन बनाएको हो।
नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाएका थिए। त्यसैगरी, दिपेश कँडेलले ३१ रन र अर्जुन कुमालले २१ रन बनाएका थिए।

पाकिस्तानका लागि भने मोहम्मद जिशानले सर्वाधिक ६ विकेट लिए।