ट्राइम्फ बजाज अटोसँग मिलेर भारतमा उत्पादन भएको थियो । भारतबाट यो मोटरसाइकल ४०० मलेसियामा बिक्री सुरु भएको थियो ।
मलेसियामा बिक्री हुन थालेको यो मोटरसाइकल केहि समय भित्रै नेपाल ल्याउने तयारी भएको छ । बेलायत र फिलिपिन्समा समेत बिक्री सुरु भएको यो मोटरसाइकल बोल्ड डिजाइनमा देख्न सकिन्छ ।
ट्राइम्फ ४०० मा ३९८ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन दिइएको छ । इन्जिनले अधिकतम ८ हजार आरपीएममा ४० ब्रेकहर्स पावर र ६५०० आरपीएममा ३७.५ एनएम टर्क जेनेरेट गर्छ ।
त्यस्तै स्लीपर र असिस्ट क्लचसँगै ६ स्पीड गियरबक्स दिइएको यो मोटरसाइकलमा एलइडी लाइट प्रयोग गरिएको छ ।
त्यस्तै सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ट्रयाक्सन कन्ट्रोल, डबल च्यानल एबीएस र दुबै चक्कामा डिस्क ब्रेक लगायतका फिचर दिइएको छ । त्यस्तै युएसबी पोर्ट, फ्रन्ट ह्वीलमा स्वीचेवल एबीएस, लामो ह्यान्डलबार, लामो ह्वीलबेस र ट्राभल सस्पेन्सन यो मोटरसाइकलको मुख्य बिशेषता हुन ।

नेपालीमा ट्राइम्फको उत्पादनमा गोल्छा समुह अन्तर्गतको हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ल्याउने तयारी गरेको छ । गोल्छा समुहले हाल बजाज, केटिएम, हुस्कवार्ना मोटरसाइलक बिक्री गर्दै आएको छ ।
बजाजको समेत आधिकारीक बिक्रेता रहेको कम्पनीले बजाज कै शोरुममा राखेर ट्राइम्फ बिक्री वितरण गर्नेछ । ट्राइम्फ मोटरसाइकल भारतमा बजाजले चकन प्लान्टमा उत्पादन गरेको हो ।
भारतीय बजारमा यो मोटरसाइकलको मुल्य २ लाख २३ हजार सुरुवाती मूल्य तोकेको छ । बजाज डोमिनारकै सेग्मेन्टमा आउने भएकाले यो मोटरसाइकलको मुल्य ६ लाख हाराहारी हुने अनुमान गरिएको छ । हालसम्म कम्पनीले मूल्य र सार्वजनिक हुने मिति तय गरेको छैन ।