समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रचण्डलाई बोलाउने भएको हो । शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कदमबारे प्रधानमन्त्रीबाट जानकारी लिने भएको छ ।
एनसेलको सेयर खरिद बिक्रीको विषय शंकास्पद रहेको भन्दै सांसदहरुले प्रधानमन्त्री बोलाउनुपर्ने बताएका थिए ।
बैठकमा कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठबिना एनसेल खरिद बिक्री यो रुपमा गर्न सम्भव नभएको बताएका थिए ।