बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपालकाे नेपाल बीएफएसआइ कन्फेरेन्स, २०२३ सम्पन्न

Dec 24, 2023 06:16 PM Merolagani



बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेडले पुष ६ गते काठमाडाैंमा नेपाल बीएफएसआइ कन्फेरेन्स, २०२३ सम्पन्न गरेकाे छ ।

शुक्रवार काठमाडौँ स्थित ¥याडिसन होटेलमा पीइचडीसीसीआइ इण्डिया नेपाल सेन्टर, इण्डिया आइटिआरआइ ग्लाेबल, यूएसएसँगकाे संयुक्त आयोजना भएकाे उक्त सम्मेलनको मुख्य उद्देश्य “बीएफएसआइ क्षेत्रमा अन्तराष्ट्रिय सहकार्यको प्रर्वदन” गर्नु रहेको थियो। त्यस उच्च स्तरको कार्यक्रमले बीएफएसआइ क्षेत्रको आर्थिक बृद्धि तथा वित्तिय समावेशीकरणलाई बढावा दिनको लागि नवीन दृष्टिकोणहरुबारे खोज तथा छलफल गर्न नेपाल, भारत तथा दक्षिण एसियाली क्षेत्रका प्रमुख विज्ञहरु, नीति निर्माताहरु लगायत उधोगपतिहरुलाई एकैसाथ ल्याएको थियो ।

सम्मेलनले यस क्षेत्रको साझा समृद्धिलाई बढावा दिँदैः दक्षिण एसियामा हरित बैंकिङ, ऊर्जा तथा पुर्वाधार वित्त र ऊर्जा व्यापार सहित नवीन वित्तिय संयन्त्रहरु मार्फत आर्थिक वृद्धि हासिल गर्न देशहरुले कसरी सहकार्य गर्न सक्छन् ?

#द्धिपक्षीय, क्षेत्रीय र उपक्षेत्रीय आर्थिक सहकार्य बृद्धि गर्दैः क्षेत्रभित्र आर्थिक सम्बन्ध सुद्रिढ गर्न बीएफएसआइ क्षेत्रको महत्वपूर्ण भुमिकाको खोजी गर्ने र नयाँ बैंकिङ युगः मानव संसाधन र प्रविधिमा परिवर्तनकारी अवसरहरु तथा चुनौतीहरु उजागर गर्दै, बीएफएसआइ परिदृश्यको भविष्यलाई आकार दिने विषयवस्तुहरुमा अन्तरदृष्टिगत भएर सत्रहरु प्रस्तुत भएका थिए ।

कार्यक्रममा बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल (बीएफआइएन), काठमाडौं, नेपाल र युनिभर्सल ए.आइ. युनिभर्सिटी, कारजात, भारतबिच, बीएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र युनिभर्सल ए.आइ. युनिभर्सिटीका तर्फबाट सह–कुलपती प्रा. श्रीराम रामशंकद्धारा समझदारीपत्रमा हस्ताक्षर भयो ।

अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यमा कार्यक्रमको सुरुवात भएको थियो । राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. राम कुमार फुयाल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा नेपालका लागि भारतीय राजदुत महामहिम नवीन श्रीवास्तभको सम्मानजनक उपस्थितिमा कार्यक्रमको सुभारम्भ भएको थियो ।




नेप्सेमा भाँडभैलो, नवनियुक्त अध्यक्षमाथि नेप्सेका कर्मचारीको अमर्यादित व्यवहार

Sep 23, 2025 01:48 PM

नेपाल स्टक एक्सचेन्ज एक्सचेन्ज(नेप्से)का कर्मचारीले मङ्गलवार भाँड भैलो गरेका छन्। नव नियुक्त नेप्सेका अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गर्दै भाड भैलो गरिरहेका हुन्।