अग्नि मोटोइंकको डिलर मिट २०२४ सफलतापूर्वक आयोजना

Jan 28, 2024 01:49 PM Merolagani



अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले “भविष्यलाई सँगै नेतृत्व गरौं” भन्ने नाराका साथ आफ्नो डिलर मिट २०२४ सोल्टी वेस्टएन्ड रिसोर्ट, नगरकोटमा आयोजना गरेको छ । वर्षौंदेखिको सफल सहकार्यलाई अझ बलियो बनाउने उद्देश्यका आयोजित यस भव्य समारोहमा नेपालभरिबाट पावरोल जेनसेटका डिलरहरूलाई आमन्त्रित गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले नेपाली उर्जा क्षेत्रमा कसरी अग्रणी भूमिका निभाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए । यस कार्यक्रममा विभिन्न समूहमा उत्कृष्ट डिलरहरूलाई पुरस्कृत पनि गरेको थियो ।

बजारमा महिन्द्रा पावरोलका ५ केभिए देखि ६२५ कभिएसम्मका २८ थरिका मोडलहरु उपलब्ध छन् । बलियो महिन्द्रा इन्जिनबाट बनेका यी पावरोल जेनेरेटरहरुमा उर्जा उत्पादनको लागि विश्व प्रसिद्ध युरोपियन प्रविधि लेरोय सोमर प्रयोग गरिएको छ । साथै, उत्कृष्ट इन्धन क्षमता, कम उत्सर्जन तथा विश्वसनीय पावर आउटपुटको लागि महिन्द्रा पावरोलले आफ्ना जेनेरेटरहरुमा विश्व विख्यात ब्राण्ड डिपिसि (डिजिटल पावर कन्ट्रोल) प्रयोग गरेको छ ।

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा पावरोलका इन्टरनेशनल बिजनेस हेड समिर सचदेवा, इन्टरनेशनल बिजनेस हेड राजीव शर्मा तथा महिन्द्रा पावरोल र अग्नि ग्रुपका विशेष अतिथिहरुले सहभागिता जनाएका थिए ।

उनीहरुले कार्यक्रममा कसरी एउटा बलियो सहकार्य हुँदा अग्नि मोटोइंक तथा डिलरहरुले लगातार सफलता प्राप्त गर्दै अघि बढ्न सक्छन् भनेर आ—आफ्ना कुराहरु राखेका थिए ।




दुवै जना डेपुटी गभर्नर ‘रिङ आउट’, एउटा अधिकारी जाने अर्काे अधिकारी आउने !

Mar 24, 2025 10:55 AM

अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।