नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा “डल्फिन” विटुमिन ब्राण्ड

Feb 02, 2024 05:08 PM Merolagani



निर्माण सामग्रीहरुलाई नेपाली बजारमा बढावा दिदै नवीनतम निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले नवौं संस्करणको “नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी” माघ १८ देखि २१ गतेसम्म काठमाडौं स्थित भृकुटी मण्डपमा प्रदर्शनी भईरहेको छ ।

उक्त प्रदर्शनीको मुख्य आकर्षणको रुपमा एच.आर गोयल ग्रुपको विटुमिन स्टल नं.0-023 रहेको छ । उक्त स्टलमा विटुमिनका साथै सडक निर्माण कार्यको लागि आवश्यक केमिकलहरु, माईक्रो सिलिका, MYK Arment का उत्पादनहरु, वाटर प्रुफिङ केमिकलहरु आदि प्रदर्शनीमा राखिएका छन् ।

बलियो र बर्षौसम्म टिक्ने सडक पिच गर्ने कार्यमा प्रयोग गरिने विश्व स्तरीय गुणस्तर भएको VG 10 तथा VG 30 क्वालिटीको डल्फिन ब्राण्डको विटुमिन नेपालमा एच.आर. गोयल ग्रूप अन्तर्गतको अरविन्द इम्पोरियम प्रा.लि.ले मात्र आयात गरी नेपालका विभिन्न स्थान र क्षेत्रहरुमा निर्माणाधिन कालोपत्रे गर्ने सडकका लागि अति आवश्यक पर्ने विटुमिनको आपुर्ती तथा बजारीकरण गर्दै आईरहेको छ । डल्फिन ब्राण्डको विटुमिन नेपालमा अरविन्द इम्पोरियम प्रा.लि.ले आयात र विक्रि वितरण गर्दा आफ्नै अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरी उच्च गुणस्तरको विटुमिन मात्र विक्रि वितरण गर्दै आईरहेको छ ।

विटुमिनका साथै एच.आर. गोयल ग्रुपले निर्माण कार्यमा प्रयोग हुने MYK Arment का विभिन्न उत्पादनहरु समेतको आधिकारीक बिक्रेता रही नेपाली बजारमा विक्रि वितरण गर्दै आईहेको छ । MYK Arment का उत्पादनहरु जसले विभिन्न ठूला निर्माण परियोजनाहरुमा संरचनाको आवश्यकता अनुसार हाइ ग्रेड कन्क्रिट बनाउन, वाटर प्रुफिङ र ग्राउटिङ तथा सिमेन्टलाई छिटो सेट गराउनका लागि प्रयोग हुदै आईरहेको छ । उक्त सामानहरुको बारेमा स्टल नं. (0-023) मा भिजिट गरी थप जानकारी लिन, सामानको अर्डर तथा बुकिङ गर्न समेत सकिनेछ । डल्फिन विटुमिनको डिपो नेपालका प्रमुख शहरहरु विराटनगर, वीरगञ्ज, भैरहवा तथा नेपालगञ्जमा रहेका छन् ।

यसकासाथै विटुमिनको गुणस्तर परीक्षण गर्न चाहने उपभोक्ता, ग्राहकहरुको लागि अरविन्द इम्पोरियम प्रा.लि.ले निःशुल्क ल्याव परीक्षण गर्ने सुविधा समेत उपलब्ध गराउनुका साथै हामी संग विटुमिन खरिद गर्ने ग्राहक, उपभोक्ताहरुको लागि विज्ञ प्राविधिक मार्फत निःशुल्क रुपमा अफ्टर सेल्स सर्भिस (After Sales Service) सेवा समेत उपलव्ध गराउँदै आएको छ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।