युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश र रिडी पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Feb 04, 2024 06:26 AM Merolagani



माघ २१ गते, आइतबार, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश र रिडी पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। युनाइटेड अजोडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र रिडी पावरले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात माघ २२ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले युनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् भने रिडी पावरको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

 

युनाइटेड अजोड इन्स्योरेन्स (UAIL) ले फागुन ६ गते, आइतबार, अनमोल ब्याङ्कवेट, शंखमुल, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.२६१२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५४०१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

रिडी पावर (RIDI) ले हाल कायम चुक्ता पूँजीको १० बराबर ५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।