वित्तीय खर्च घट्दा सानिमा माइ हाइड्रोपावरको नाफा सामान्य बढ्यो

Feb 07, 2024 01:11 PM Merolagani

सानिमा माइ हाइड्रोपावर लिमिटेड (SHPC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी सामान्य घटेको छ भने खुद नाफा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ४९ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५० करोड ४९ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको खुद नाफा भने सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३.३९ प्रतिशत बढेर ३३ करोड ४१ लाख रुपैयाँ पुगेको छ। वित्तीय खर्च घटेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको नाफा १.४९ प्रतिशत घटेको छ भने खुद सञ्चालन मुनाफा ३.२४ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २०.२९ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७१ पैसा बढेर २१ रुपैयाँ ६३ पैसा पुगेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.२९ गुणा रहेको छ।

३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ४० करोड २७ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।