अर्को महिना नेपाल आउँदै नेटा एक्स इभी, रेन्ज र मुल्य कति होला ?

Feb 10, 2024 10:45 AM Merolagani



चिनियाँ सवारी निर्माता ब्रान्ड होजनको नेटाको नयाँ मोडल नेपाली बजारमा आउने भएको छ । यसअघि भित्र्याएको नेटा भी पछिल्लो समय उपभोक्ताले रुचाउन छोडेपछि चौधरी समुहले नेटा एक्स भित्र्याउने भएको छ ।

चौधरी समुहले नेटा एक्स आगामी मार्चमा नेपाल ल्याउने तयारी गरिरहेको छ । नेटाको आधिकारिक बिक्रेता सीजी मोटर्सले नेटा एक्स मार्चमा डेलिभरी दिने गरी नेपाल भित्र्यान लागेको हो । नेटा एक्सको लम्बाइ ४६१९ एमएम, चौडाइ १८६० एमएम र उचाइ १६२८ एमएम रहेको छ । निर्माता कम्पनीले २७७० एमएमको ह्वीलवेस दिएको छ।

निकै बोल्ड देखिने यो गाडीमा उत्कृष्ट फिचर दिइएको छ । उच्च ग्राउन्ड क्लियरेन्स, उत्कृष्ट इन्टेरियर र बोल्ड डिजाइनको कारण यो गाडी इभि पारखीले रुचाउने कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार नेटा एक्समा १२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । तर, नेपाल आउदा यो गाडीको मोटर ९९ किलोवाटमा आउने छ । पछिल्लो समय कर बढी लाग्ने भएका कारण मूल्य बढ्ने भएपछि बिक्रेता कम्पनीहरुले विद्युतीय गाडी मोटर पावर कम गरेर ल्याउने गरेका छन्।

नेटा एक्समा सबैभन्दा स्मार्ट फिचरका रुपमा क्वालकमको स्मार्टट्रागन ८१५५ ककपीट दिइएको छ। यसमा ७२.८ किलोवाट आवर क्षमताको एलएफपो ब्याटी दिएको छ। उक्त ब्याटरीले एक पटकको फुल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

 गत कात्तिकमा नै बुकिङ खुल्ला गरेको यो गाडीलाई कम्पनीले ५१ लाख रुपैयाँ हाराहारीमा बिक्री मूल्य कायम गरेर ल्याउन लागेको हो। यसले एमजी जेडएस, सेरेस, ओमाडा र एटो थ्रीसँग प्रतिस्पर्धा गर्न सक्ने अनुमान गरिएको छ ।

 




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।