सन नलेज पार्टनरशिप कार्यक्रम अन्तरगत युनिग्लोब सेकेण्डरी स्कुल र सन सेक्युरिटिजबीच सम्झौता

Feb 09, 2024 03:20 PM Merolagani

सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) र १०+२ का क्षेत्रमा चिरपरिचित युनिग्लोब सेकेण्डरी स्कुल कमलादीबीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि एक सम्झौता भएको छ । सम्झौता आज,माघ २६ शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।

सन नलेज पार्टनरशिप कार्यक्रम अन्तरगत भएको यस सम्झौतामा सन सेक्युरिटिज प्रा.लि.ले युनिग्लोब कलेज अन्तरगत १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी शेयर बजार र यसका विभिन्न पक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ । यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोश्रो बजार अन्तरगत गरिने कारोबार तथा लगानीसँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्नेछ ।

यस सम्झौता अन्तरगत युनिग्लोब कलेजका विद्यार्थी तथा तिनका परिवार र शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिज प्रा.लि.ले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरुलाई आवश्यक हुने डिम्याट खाता, मेरो शेयर निशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ । साथै कलेजसँगको समन्वयमा १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई एकेडेमिक हिसाबले उपयुक्त हुने गरी गेष्ट लेक्चरहरु समेत प्रदान गर्नेछ ।

C7#सम्झौतामा कलेजका तर्फबाट प्रिन्सिपल डा. गणेश रेग्मीले हस्ताक्षर गर्नुभएको थियो भने सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका थिए । सम्झौता कार्यक्रममा बोल्दै सन सेक्युरिटिज प्रा.लि.का अध्यक्ष कृष्ण गिरीले सन नलेज पार्टनरशिप कार्यक्रमले विद्यालय तहबाटै विद्यार्थीहरुलाई नेपालको शेयर बजारको बारेमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक ज्ञान दिने कोशिश गरेको र यस्तो किसिमको कार्यक्रमले भविष्यमा पूँजीबजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पु¥याउनुका साथै दक्ष तथा ज्ञान भएका लगानीकर्ताहरु वृद्धि हुने तथा यसले समग्र पूँजीबजारलाई नै प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगबाट सहयोग पुग्ने अपेक्षा गरेको बताए ।

 

comments powered by Disqus

मौद्रिक नीतिमा ओली झस्किनुको कारण आईएमएफः खतिवडाको अध्ययन कहिले सकिएला ?

Jul 24, 2024 05:44 AM

मौद्रिक नीति कहिले जारी होला भन्ने संशय रहेकै बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एउटा प्रतिवेदनको आधारमा प्रधानमन्त्री केपी ओली झस्किएका छन् ।