मन्दीको असर बीमा व्यवसायमा, ६ महिनामा साढे २ प्रतिशतले घट्यो जीवन बीमालेख

Feb 09, 2024 05:53 PM MeroLagani



चालु आर्थिक वर्षको पहिलो ६ महिनामा जारी जीवन बीमालेखको संख्या गत वर्षको तुलनामा साढे २ प्रतिशतले घटेको छ ।  गत वर्ष पुस मसान्तसम्म १ करोड ४१ लाख ९ हजार १ सय ५ वटा जीवन बीमालेख जारी भएकोमा चालु वर्षको पहिलो ६ महिनामा १ करोड ३७ लाख ५५ हजार ३ सय ९६ वटा मात्रै जीवन बीमालेख जारी भएका छन् ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार यो गत वर्षको तुलनामा २ दशमलब ५१ प्रतिशतले कम हो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ जीवन बीमा शुल्क संकलन भएको छ । गत वर्षकाे समीक्षा अवधिमा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ मात्रै जीवन बीमा शुल्क संकलन भएको थियो । यसरी तुलना गर्दा ३ जीवन बीमा शुल्क ३ दशमलब ५८ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुको संघ जीवन बीमक संघ नेपालका अध्यक्ष एवम् सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले अर्थतन्त्रमा व्याप्त मन्दीकै असर स्वरुप जीवन बीमा कम्पनीले बिक्री गर्ने बीमालेखको संख्यामा गिरावट आएको बताए ।

तथ्यांक अनुसार सबैभन्दा धेरै म्यादी र लघु म्यादी जीवन बीमालेखको संख्यामा गिरावट आएको छ । गत वर्षको पुस मसान्तसम्म ७३ लाख १३ हजार १ सय २१ रहेको यो संख्या चालु आवको पुस मसान्तसम्ममा आउँदा १३ दशमलब २५ प्रतिशतले घटेर ६३ लाख ५३ हजार ९ सय ८९ वटामा सीमित भएको छ । लघु र म्यादी जीवन बीमालेख बाहेकको साधारण जीवन बीमालेखको संख्यामा भने झिनो मात्रै गिरावट देखिएको छ । गत वर्ष ५५ लाख १ हजार ५ सय ७० वटा यस्ता जीवन बिमालेख बिक्री भएकोमा चालु वर्षको पुस मसान्तसम्म शून्य दशमलब शून्य ९ प्रतिशतले घटेर ५४ लाख ९६ हजार ४ सय ५७ वटा मात्रै जीवन बीमालेख बिक्री भएको छ ।

कोरोना संक्रमण कम हुँदै गएपछि वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा वृद्धि भयो । वैदेशिक रोजगारमा जाने संख्यामा भएको वृद्धि सँगै वैदेशिक रोजगार बीमालेख भने ह्वात्तै बढेको छ । तथ्यांक अनुसार गत वर्ष पुससम्म १२ लाख ९४ हजार ४ सय ५९ रहेको वैदेशिक रोजगार बीमालेख चालु आवको पुस मसान्तसम्म ४७ दशलमलब ९३ प्रतिशतले बढेर १९ लाख १४ हजार ९ सय ५० पुगेको छ ।

यद्यपि कुल जीवन बीमा लेख संख्यामा आएको गिरावटसँगै प्रथम जीवन बीमा शुल्क संकलनमा पनि २ दशमलब ५५ प्रतिशतले गिरावट आएको छ । गत वर्ष पुस मसान्तसम्म १४ अर्ब १७ करोड ७९ लाख रुपैयाँ प्रथम जीवन बीमा शुल्क संकलन भएकोमा चालु वर्षको पुस मसान्तसम्म यो रकम १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ मात्रै प्रथम बीमा शुल्क संकलन भएको छ । नयाँ जीवन बीमा पोलिसी बिक्रीमा गिरावट आए पनि पुरानो जीवन बीमा नवीकरणबापतको शुल्क भने ५ दशमलब १० प्रतिशतले वृद्धि भएको छ ।

प्राधिकरणले विपन्न बसोवास रहेको तथा विकट ठाउँमा बीमाको प्रचारप्रसार नै कम भएकाले त्यहाँ उल्लेख्य रुपमा बीमा हुन नसकेको तर्क गर्दै आएको छ । त्यस्तै, देशको राजधानी काठमाडौं उपत्यकामा हुनुले पनि यहाँ रोजगारीको ठूलो अवसर, उद्योग कलकारखाना तथा जनघनत्व बढी भएकाले बागमती प्रदेशमा तुलनात्मक रुपमा बीमाको दायरा सधैं बढी हुने गरेको प्राधिकरणको दाबी छ । बीमा प्राधिकरणको तथ्यांक अनुसार म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख समेतलाई आधार मान्दा कुल जनसंख्याको ४४ दशमलब २५ प्रतिशतसम्म पुगेको जीवन बीमाको दायरा अर्थतन्त्र संकुचनमा गएसँगै विस्तारै खुम्चँदै गएको देखिएको छ । प्राधिकरणको तथ्यांक अनुसार चालु आवको पुस मसान्तसम्म बीमाको दायरा ४३ दशमलब ०५ प्रतिशतमा झरेको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।