उन्नति सहकार्य लघुवित्तको नाफामा के दबाव पर्यो ?

Feb 11, 2024 11:05 AM Merolagani



उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड(USLB)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मकाे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको नाफा घटेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २४ लाख रुपैयाँले खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३ लाख ९५ हजार रुपैयाँले कम हो ।

गत वर्षको यसै अवधिसम्ममा लघुवित्तले ८४ लाख ८९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानी घट्दा लघुवित्तको नाफा घटेको हो ।

पुस मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ८ करोड ६ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा एक करोड ४६ लाख रुपैयाँ कम हो । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तको इम्पेरमेन्ट चार्ज ४९ लाख १५ हजार रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ३५ लाख ६२ हजार रुपैयाँ छ ।

२४ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ८ करोड १९ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा एक अर्ब ९ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तीन अर्ब ५० करोड ७० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ २ पैसा कायम छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९८ पैसा छ ।




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।