नेपाल इन्स्योरेन्सको नाफा २३२ प्रतिशत भन्दा बढीले बढ्याे, प्रतिशेयर आम्दानी ६० रुपैयाँ माथि

Feb 12, 2024 11:51 AM Merolagani




नेपाल इन्स्योरेन्स(NICL)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक भएको विवरण अनुसार इन्स्योरेन्सको नाफामा उछाल आएको छ ।

यस अवधिसम्ममा इन्स्योरेन्सले ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३२.३४ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा इन्स्योरेन्सले १४ करोड ९७ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट आम्दानी बढेकाले इन्स्योरेन्सको खुद नाफा बढोत्तरी भएको देखिन्छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सले कर्जा तथा लगानीबाट ७१ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । गतवर्ष यसै अवधिमा इन्स्योरेन्सले १६ करोड रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

पुस मसान्तसम्मा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन पनि ५.९५ प्रतिशतले बढेर २९ करोड ६७ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क २८ करोड रुपैयाँ थियो ।
एक अर्ब ६४ करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा २२ करोड ३२ लाख रुपैयाँ सञ्चित छ ।

खुद नाफामा वृद्धि भएसँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी वृद्धि भएको छ । इन्स्योरेन्सले सार्वजनिक भएको वित्तीय विवरण अनुसार इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ६५ पैसा कायम भएको छ । यो गतवर्षको यसै अवधिको तुलनामा ४०रुपैयाँ ६१ पैसाले बढोत्तरी भएको हो । इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ १४ पैसा छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।