टोयोटा यारिस क्रस हाइब्रिड गाडी नेपालमा, मूल्य १ करोड २२ लाख

Feb 12, 2024 11:59 AM Merolagani

टोयोटा यारिस क्रस हाइब्रिड गाडी नेपालमा बिक्री सुरु भएको छ । टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपाली बजारमा यारिस क्रस हाइब्रिड गाडी सार्वजनिक गरेको हो ।

यो नयाँ यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलवेस र १८ इन्चको टायर पाउन सकिन्छ ।

टोयोटाले नयाँ यारिस क्रसमा अटोमेटीक हाइबीम सहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट दिइएको छ । पहिलो पटक कम्पनीले यो मोडलमा मल्टी कलर एम्बियन्ट लाइट पनि दिएको छ ।

हाइब्रिड पावरट्रेन भएकोले यसमा इलेक्ट्रीक मोटर र ४.३ एम्पीयर आवरको ब्याट्री प्याक पाउन सकिन्छ । रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई–सीभीटी गियरबक्स पाउन सकिन्छ ।

यसको डिस्प्लेसमेन्ट १५०० सीसी, चार सिलिण्डर ड्यूल भीभीटी–आई इन्जिन रहेको छ र ग्राउन्ड क्लियारेन्स भने २१० मिमी रहेको छ । यसको ब्याट्री प्रकार लिथियम आयोन हो भने यो मोडलमा प्यानोरेमिक ग्लास रूफ, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, ६ स्पीकर, र प्यानोरेमिक ३६० डिग्री क्यामेरा साथै, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड पनि यसमा पाउनु हुने छ ।

यो मोडलमा ८ वे पावर इलेक्ट्रीक ड्राइभर सिट, वायरलेस मोवाइल चार्जर, एपल कारप्ले, अन्द्रोइड अटो र किक सेन्सर सहितको पावर टेलगेट पाउन सकिन्छ ।

सुरक्षाका लागि यो एसयूभीमा ६ एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, एन्टी लक ब्रेकिङ सिस्टम, इमरजिनसि स्टप सिग्नल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट र रियर दुबै साइडमा पार्किङ सेन्सर, जस्ता आधुनिक फिचर रहेको छ ।

यसको आधिकारीक मूल्य नेपाली बजारमा मूल्य १ करोड २२ लाख रहेको छ ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।