सुनको भाउ स्थिर, चाँदी भने बढ्याे

Feb 12, 2024 12:25 PM Merolagani



सोमबार सुनको भाउ स्थिर रहेको छ । माघ २९ गते, छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ कायम रहेको छ । चाँदीको भाउ भने यस दिन बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार हुँदैछ । आइतबार भने सुनको भाउमा गिरावट देखिएको थियो । हिजो सुन तोलामा ५०० रुपैयाँले सस्तिएको थियो ।

सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने आज उकालो लागेको छ । सोमबार चाँदी तोलामा पाँच रुपैयाँले वृद्धि हुँदा प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्य स्थिर रहेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा किनबेच भएको थियो ।




सुन र चाँदीको मूल्यमा दैनिक भारि गिरावट

Feb 02, 2026 11:00 AM

माघ १९ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १३ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।