व्यवसायी अरुण चौधरीसहित ३ जनालाई रिहा गर्न आदेश दिने न्यायाधीशको सरुवा

Feb 12, 2024 12:49 PM Merolagani



बाँसवारी जुत्ता कारखाना हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र अन्य २ जनालाई रिहा गर्न आदेश दिने न्यायाधीशको सरुवा भएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरूवा गरिएकाे हाे ।

व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसवारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण थापा र सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको थियाे ।

जुन आदेशकाे चौतर्फी आलोचना भएकाे थियाे । हिजाे मात्रै गृह मन्त्री नारायणकाजी श्रेष्ठले पनि यस आदेशप्रति असन्तुष्टि जनाएका थिए । जसकारण प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई काजमा मुगु जिल्ला अदालतमा पठाएका छन् ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।