व्यवसायी अरुण चौधरीसहित ३ जनालाई रिहा गर्न आदेश दिने न्यायाधीशको सरुवा

Feb 12, 2024 12:49 PM Merolagani



बाँसवारी जुत्ता कारखाना हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र अन्य २ जनालाई रिहा गर्न आदेश दिने न्यायाधीशको सरुवा भएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरूवा गरिएकाे हाे ।

व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसवारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण थापा र सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको थियाे ।

जुन आदेशकाे चौतर्फी आलोचना भएकाे थियाे । हिजाे मात्रै गृह मन्त्री नारायणकाजी श्रेष्ठले पनि यस आदेशप्रति असन्तुष्टि जनाएका थिए । जसकारण प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई काजमा मुगु जिल्ला अदालतमा पठाएका छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।