अर्थतन्त्रका सबै सूचक सकारात्मक छन्, अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद होः अर्थमन्त्री महत

Feb 12, 2024 04:14 PM Merolagani

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधिका सबै सूचक सकारात्मक रहेको बताएका छन्। बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा मन्त्रालयमा बोल्दै उनले यस्ताे बताएका हुन्।

'जति पनि आर्थिक गतिविधिका सूचक छन्, ती सकारात्मक छन्’, उनले भने, ‘म अर्थमन्त्री हुनुअघि धेरै दायित्व सृजना भएको थियो, त्यो सल्टाउने काम भएको छ।’

अर्थमन्त्री महतले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको बताए । यस्तै, रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए। ‘यो सुधारको सङ्केत हो । गत वर्षको तुलनामा हामी धेरै नै माथि पुगेका छौँ,’ उनले भने, ‘अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद हो ।’

त्यस्तै उनले ईभिमा सरकारले दिएको सहुलियतका कारण राजश्वमा दबाब परेको बताए।

 

comments powered by Disqus

राष्ट्र बैंक र एनआरएनलाई एक साता भित्र घर खाली गरिदिन बालेनको उर्दी, नमाने डोजर चलाउने

Feb 21, 2024 05:17 PM

काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूलाई सात दिन भित्र भौतिक रुपमा सो क्षेत्रबाट हट्न बुधबार सूचना जारी गरेको छ ।