प्रि ओपन सेसन अपडेटः १ अंक बढ्यो नेप्से

Feb 14, 2024 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३०.५६ अंक बढेर २०७०.५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.११ अंक बढेर २०७१.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४२ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा २७ स्टकको ७ लाख २७ हजार ३५२ रुपैयाँबराबरको १ हजार ६४२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।