डिप्रोक्स लघुवित्तले घोषणा गर्यो लाभांश

Feb 15, 2024 10:33 AM Merolagani



डिप्रोक्स लघुवित्त वित्तीय संथा लिमिटेड (DDBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५२६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ रहेको छ।

फागुन ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।