प्रतिकित्ता १०० रुपैयाँ पुग्न हम्मे परेको शेयर दैनिक सर्किटमा कारोबार हुँदै १,५०० पुग्याे

Feb 15, 2024 12:19 PM Merolagani



कुनै समयमा प्रति कित्ता एक सय रुपैयाँ पुग्न हम्मे हम्मे परेको समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आज झन्डै १५ सय रुपैयाँमा पुगेको छ ।

कारोबारमा आएपछि निरन्तर रुपमा बढेको उक्त लघुवित्तको शेयर आज बिहीबारको बजारमा प्रतिकित्ता एक हजार ४८६.६० रुपैयाँमा कारोबार भइरहेको छ । लघुवित्तको शेयर कारोबारमा आएदेखि ८० कारोबार दिनसम्म निरन्तर बढेको हो ।

सूचीकृत भएको तीन वर्षपछि दोस्रो बजारमा कारोबारमा आएको उक्त लघुवित्तको पहिलो कारोबार भने ७२ रुपैयाँ १० पैसामा भएको थियो । आईपीओमा खरिद गरेको भन्दा न्यून मूल्यमा कारोबार खुलेपछि लघुवित्तको शेयर बिक्री गर्न कोहि इच्छुक देखिएका थिएनन । पछिल्ला कारोबार दिनमा दैनिक सकारात्मक सर्किट लेबलमा बढेर कारोबार भइरहेको छ ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।