डिजेल, पेट्रोल र मट्टितेलकाे मूल्य बढ्याे

Feb 15, 2024 09:21 PM merolagani



डिजेल, पेट्रोल र मट्टितेलकाे  मूल्य बढेकाे छ। नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलकाे  मूल्य लिटरमा २ रुपैयाँले बढाएको हो ।

 

बिहीबार रातिबाट लागु हुने गरी निगमले मूल्य बढाएकाे हाे । मूल्य बृद्धि पछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेलकाे  मूल्य १६० रुपैयाँ कायम भएको छ।

सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको १७१ र डिजेल, मट्टितेलकाे  १५९ रुपैयाँ तथा झापा, विराटनगर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगंज क्षेत्रमा पेट्रोलको १६९ पैयाँ ५० पैसा र १५७ रुपैयाँ ५० पैसा डिजेल तथा मट्टितेलकाे  मूल्य कायम भएको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।