वीरगञ्जमा आज बेलुका देखि लगाइयाे कर्फ्यू

Feb 19, 2024 05:13 PM Merolagani



वीरगञ्ज महानगरपालिकाका केही स्थानमा आज बेलुकी ५ बजेदेखि अर्काे आदेश नभएसम्म कर्फ्यू जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गर्दै पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरीपुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी भएको हो ।

बिहीबार रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको दुई पक्ष बीच विवाद र झडप भएकाे विषयलाई लिएर वीरगञ्जमा आज सोमबार विराेध जुलुसकाे क्रममा विवाद र झडप भएको थियो । साे झडपले सर्वसाधारणकाे सुरक्षामा पर्न सक्ने सम्भावित जाेखिम एवंम शान्ति भंग हुन जाने स्थिति देखिएकाे भन्दै वीगंज नगरपालिकामा कर्फ्यू जारी गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जारी गरेको विज्ञप्तिमा ती क्षेत्रभित्र आवत जावत गर्न, भेला हुन,बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ -याली गर्न तथा अन्य कुनै प्रकारकाे उच्छृङ्खल गतिविधि गर्न नपाउने  व्यवस्था गरेका छन् । उक्त आदेशकाे उलङ्घन गरेमा कानून बमाेजिम कडा कारवाही हुने समेत चेतावनी दिइएकाे छ ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।