कृषि विकास बैंकको साधारण सभा आह्वान

Feb 20, 2024 08:33 AM Merolagani



कृषि विकास बैंक (ADBL) ले फागुन ३० गते सत्रौं वर्षिक साधारण सभा डाकेको छ। बैंकले आफ्नो केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा सभा बोलाएको हो। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल गर्ने, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सभा प्रयोजनार्थ बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ। यस अनुसार फागुन १५ गतेसम्म कायम शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।