राष्ट्र बैंक र एनआरएनलाई एक साता भित्र घर खाली गरिदिन बालेनको उर्दी, नमाने डोजर चलाउने

Feb 21, 2024 05:17 PM merolagani

काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूलाई सात दिन भित्र भौतिक रुपमा सो क्षेत्रबाट हट्न बुधबार सूचना जारी गरेको छ ।

साथै उक्त अवधिमा नहटेमा महानगरपालिकाले आफैहटाउने चेतावनी पनि सो सूचनामा दिएको छ । महानगरले जारी गरेको यो सूचना नेपाल राष्ट्र बैंक,  गैरआवासीय नेपाली संघ (एनआरएन)  र भाटभटेनी डिपार्टमेन्टललाई लक्षित गरिएको स्पष्ट छ । किनकी ललिता निवास भित्रका मुख्य भौतिक संरचना ती तिनबाट निकायका छन् ।

सो सूचना अनुसार त्यहाँ भित्र कार्यालय रहेका ती निकाय र कम्पनीहरुले आउंदो बुधबार भित्र कार्यालय खाली गरिसक्नु पर्छ । विस २०७२ को भूकम्पपछि नेपाल राष्ट्र बैंकका बालुवाटार र थापाथलीको भवन भत्किएपछि केही विभाग ललिता निवास भित्र रहेको एनआरएन भवनका विभिन्नफ्लाट भाडामा लिएर राखिएको छ । अहिले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार र बैंकिङ कार्यालय थापाथलीको भवन निर्माणको क्रम चलिरहेको छ । बाहिरी  भागको निर्माण कार्य लगभग सकिए पनि भित्री भागको डेकोरेसन र फर्निसिङ बाँकी रहेकाले सबै विभागहरु आफ्नै भवनमा सार्न कम्तीमा एक वर्ष लाग्ने नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

यस्तो अवस्थामा एक साता भित्र त्यहाँको अफिस खाली गर्न सकिने संभावना नै छैन । तर, हठी स्वभावका मेयर बालेनको उर्दी पछि अब के होला ? नेपाल राष्ट्र बैंककै अधिकारीहरु अलमलमा परेका छन् । उनीहरु गभर्नर मार्फत सरकारसँग अनुरोध गरेर केही महिनापछि घर खाली गरिदिन पहल गर्ने बताइरहेका छन् । तर, यो कुरा बालेनले मान्लान कि नमाल्लान ? अहिले नै भन्न सकिने अवस्था छैन ।

स्वंय घर धनी एनआरएनलाई पनि आफ्नो घर छाडेर अन्यत्र भाडामा जानुपर्ने अवस्था आइलागेको छ । तर उस्ले पनि नयाँ कार्यालय टुंगो नलागि एक साताकै अवधिमा घर छोडिदिन संभव नभएकोले महानगरलाई औपचारिक रुपमा अनुरोध गर्ने तयारी गरिरहेको छ । त्यस्तै अवस्था भाटभटेनी डिपार्टमेण्ट स्टोरको पनि रहेको छ ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।