पूर्वमन्त्री भानुभक्त ढकालका कारण डेपुटी गभर्नर ढुंगाना माथि गभर्नरको ‘कु’ !

Feb 23, 2024 06:19 PM MEROLAGANI

नेपाल राष्ट्र बै‌ंकका गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले सम्हाल्दै आएको बैंक सुपरिवेक्षण विभाग बिहीवारदेखि अचानक खोस्नुमा पूर्वमन्त्री तथा एमाले पोलिव्युरो सदस्य भानुभक्त ढकालको हात रहेको चर्चा राष्ट्र बैंकका कर्मचारीहरुबीच चलिरहेको छ ।

यो  घटनाले राष्ट्र बैंकका कार्यकारी निर्देशक र डेपुटी गभर्नरहरु बीचको विवादलाई समेत सतहमा ल्याइदिएको छ । डेपुटी गभर्नरहरुको विभाग परिवर्तन गर्नु सामान्य भए पनि अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रलाई तोकिएका सम्पूर्ण जिम्मेवारीहरु यथावत राखेर तिम्सिनाले सम्हालेको विभाग मात्र खोसिनु संयोग मात्र नभएको उनीहरुको भनाइ छ । कतिपय कर्मचारीहरु यसलाई गभर्नरले डेपुटी गभर्नरमाथि गरेको ‘कु’ भएको टिप्पणी गरेका छन् ।

उक्त विभाग नेपाल राष्ट्र बैंकका डेढ दर्जन विभागहरुमध्ये सबैभन्दा आकर्षक विभाग मानिन्छ । यस अघि राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई कुनै जिम्मेवारी दिँदा वा खोसिँदा कारणसहित सूचना दिने गरिन्थ्याे । धेरैजसो अवस्थामा त गभर्नरले छलफल गरेर नै जिम्मेवारी तोक्ने वा हेरफेर गर्ने चलन थियो । तर, यसपटक गभर्नर अधिकारीले विहिबार दिउँसोसम्म पनि तिम्सिनालाई जिम्मेवारी खोसिदैँ गरेको बारेमा कुनै सुईंको समेत दिएका थिएनन् । एक्कासी कार्यालय समयको दोस्रो प्रहरमा विभागीय प्रमुखहरुलाई जानकारी दिने क्रममा नै तिम्सिनालाई पनि जानकारी दिइएको थियो ।

स्रोतका अनुसार तिम्सिनालाई सो विभाग हेर्ने जिम्मेवारीबाट हटाउनको लागि विभागका प्रमुख तथा कार्यकारी निर्देशक देवकुमार ढकालले लामो समयदेखि प्रयास गर्दै आएका थिए । तर, गभर्नर अधिकारीले डेपुटी गभर्नर अधिकारीको क्षमता अनुसार जिम्मेवारी दिइएको बताउँदै समन्वय गरेर काम गर्नको लागि ढकाललाई आदेश दिँदै आएका थिए । तर, आफै पनि डेपुटी गभर्नरको दावेदार रहेका ढकाल ‘तिम्सिनालाई बोस मानेर रिपोर्टिङ्ग गर्दिन’ भन्दै पटक पटक गभर्नर अधिकारीलाई दबाव दिंदै आएका थिए । क्षमतामा अब्बल हुनुको साथै डेपुटी गभर्नर भए पनि ढकालले तिम्सिनालाई मौका मिल्दासाथ मानमर्दन गर्ने गरेका थिए ।

गभर्नर अधिकारीले आफ्नो कुरा नमानेपछि कार्यकारी निर्देशक ढकालले आफ्ना नातेदार एमाले नेता तथा पूर्वमन्त्री भानुभक्त ढकालमार्फत गभर्नरलाई दबाव दिएर तिम्सिनाको जिम्मेवारी खोसेका छन् ।

सबैभन्दा आकर्षक मानिएको विभाग खोसिएपछि डेपुटी गभर्नर तिम्सिना गभर्नर अधिकारीसँग आक्रोशित भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष पहुँच भएकी तिम्सिना इमान्दारिताका साथ काम गर्दा पनि भानुभक्त ढकालले आफ्नो मान्छेको कुरा सुनेकै भरमा गभर्नरलाई उचालेर आफूलाई अपमानित गरेको गुनासो आफू निकटका कर्मचारीहरुसँग गरेकी छन् ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।