सर्वोत्तम सिमेन्टको आईपीओमा दाेस्राे दिनसम्म मागभन्दा झण्डै ८ गुणा बढी आवेदन

Feb 26, 2024 05:41 PM Merolagani



सर्वोत्तम सिमेन्ट(SCML)को आईपीओमा दाेस्राे दिनसम्म मागभन्दा ७.९९ गुणा बढी आवेदन परेको छ। साेमबारसम्ममा २ कराेड कित्ता भन्दा धेरै शेयर खरिदको लागि आवेदन परिसकेको छ।

सिडिएससी एण्ड क्लियरीङ लिमिटेडका अनुसार साेमबार साँझसम्ममा ४ लाख ७ हजार ७११ जना आवेदकबाट ८ अर्ब १ करोड २० लाख ६३ हजार ७ रुपैयाँ बराबरको ८६ लाख ६० हजार ६४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। दाेस्राे दिनसम्ममा कम्पनीकाे आईपीओका लागि २ कराेड २२ लाख २३० कित्ता शेयर माग गरिएकाे छ ।

सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियाे। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द फागुन १६ गते हुनेछ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।