मितेरी डेभलपमेन्ट बैंकको बोनस हितग्राही खातामा

Feb 27, 2024 08:45 AM Merolagani



मितेरी डेभलपमेन्ट बैंक (MDB) ले शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको छ। बैंकले गत मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको हो।

बैंकको गत पुस १४ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही शेयर बैंकले शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो।

हालसम्म भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई बैंकले शिघ्र शेयर अभौतिकिकरण गरी हितग्राही खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।