ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ सूचीकृत, आइतबारदेखि कारोबार हुने

Apr 30, 2025 06:16 PM MeroLagani



ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड (OMPL) को आईपीओ नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको हो । यस कम्पनीले सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर सूचीकृत गरेको हो ।


कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ । कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ । नेप्सेले कम्पनीको सेयर कारोबारका लागि ’ओएमपीएल’ संकेत प्रदान गरेको छ ।