प्रतिलिटर २ रुपैयाँ घट्यो पेट्रोलको मूल्य, एलपी ग्यासको मूल्य स्थिर

May 01, 2025 07:19 AM Merolagani



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ। जस अनुसार पेट्रोलियम पदार्थहरुको मूल्य घटेको छ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टितेलको १ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटर अमेरिकी डलर २९ ले घटाएको हो।

एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् नै राखिएको निगमले जनाएको छ।