भलै नेप्से सूचक अझै साईडवयजमा नै छ । तर लगानीकर्ता कम्पनी हुँदै समूहगत रणनीति अपनाउन थालेका छन् । लगानीकर्ताहरुको रोजाईमा लगानी, हाईड्रोपावर समूह, फाइनान्स हुँदै क्रमशःआज होटल तथा टुरिजम समूहमा परेको छ ।
राम्रो गतिका लागि नेप्से सरकारका तर्फबाट सकारात्मक समाचारको पखाईमा छ । विगत लामो समयदेखि गभर्नर नियुक्तिमा विलम्ब भएको छ । अर्को तर्फ बजेट निर्माणको क्रममा सरकार छ । सरकारले कस्ताे नीति लिने हो ? भन्ने दुविधा लगानीकर्तामा छ ।
समग्रमा हेर्दा बजार साईडवयजमा नै छ । सूचक बढ्न मानेको छैन भने घट्न पनि सकेको छैन । आजको बजार १२.५३ अंकले घटेर २६४९.११ विन्दुमा छ भने १० अर्ब २० करोड रुपैयाँभन्दा बढीको शेयर खरिद बिक्री भएको छ । निरन्तर १० अर्ब माथिको कारोबार रकमले शेयर एक्युमुलेसन भइरहेको लगानीकर्ताको बुझाई छ ।