एमाले र काँग्रेसबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो। गभर्नर बन्ने निश्चित भएपछि भट्टले केन्द्रीय बैंक कार्यकारी निर्देशकबाट राजिनामा दिएपनि उनको राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत गरेनन। कामु गभर्नर निलमले सार्वजनिक रुपमै भट्टको राजीनामा स्वीकृत नगर्ने बताएपछि डा. पौडेलको नाम अगाडि आएको हो।
चैत २५ गतेदेखा रिक्त गभर्नर पदपूर्ति गर्न अर्थमन्त्री बिष्णु पौडेलको नेतृत्वमा पूर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद पौडेल सम्मिलित समिति बनेको थियो। पूर्व गभर्नर भट्टराईले समिति गठन भएको लामो समयसम्म पनि बैठक नराखेको भन्दै राजीनामा दिएपछि रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त भए। सर्वोच्च अदालतमा अधिकारीविरुद्ध मुद्दा परेको छ भने अर्थविद पौडेलले समेत राजिनामा दिएपछि अब गभर्नर छनोटको लागि समिति नै नयाँ बनाउनुपर्ने भएको छ।