नेपालमा सबैभन्दा लामो भाषण गर्ने युवराज खतिवडा, छोटो भाषण गर्ने सुवर्ण समशेर

May 28, 2025 05:38 AM mero lagani



सामान्यतया बजेट भाषण भन्ने वित्तिकै अर्थमन्त्रीद्धारा प्रस्तुत गरिने निकै लामो भाषण भन्ने बुझिन्छ । 

नेपालमा औसतमा २ घण्टा जति बजेट भाषण गर्ने गरिएको छ । नेपालमा सबैभन्दा लामो बजेट भाषण पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए । विसं २०७७ को बजेट भाषण गर्न उनले २ घण्टा ३० मिनेट खर्च गरेका थिए ।

नेपालको सबैभन्दा छोटो भाषण गर्ने रेकर्ड भने देशकै पहिलो अर्थमन्त्री सुवर्ण समशेरको नाममा छ । २००८ माघ २१ गते नेपालकै पहिलो बजेट सार्वजनिक गर्दा उनले जम्मा आधा घण्टा अर्थात् ३० मिनेट मात्रै समय खर्चिएका थिए ।

अर्थमन्त्री पौडेलले सुवर्ण समशेरको रेकर्ड तोड्ने सम्भावना त देखिदैन, खतिवडाको रेकर्ड तोडेर सबैभन्दा लामो बजेट भाषण गर्ने अर्थमन्त्री बन्लान् कि के गर्लान् ? त्यो भने १५ गते नै थाहा हुनेछ ।