शेयर बजारमा पुँजीगत लाभकर नै अन्तिम कर हुनुपर्छ

May 27, 2025 06:24 PM Merolagani



सरकारले आगामी आर्थिक वर्षको लागि बजेट जारी गर्ने पूर्व सन्ध्यामा बजार सुस्ताएको छ । सरकारले ल्याउन लागेकाे बजेटमा बजार सम्बन्धित नीतिलाई हरेर लगानी गर्ने रणनीतिमा लगानीकर्ता रहदा बजार सुस्ताएको हो ।

यसदिन बजार झिनाे अंकले सकारात्मक भएको छ । नेप्से सूचक ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा छ । पछिल्ला दिनमा कारोबार रकम निरन्तर घटेको छ । आजको बजारमा करीव ६ अर्ब ५२ करोडको मात्रै शेयर खरिदबिक्री भएको हो ।

केन्द्रीय बैंकले शेयर धितो कर्जाको जोखिमभार घटाउँदा समेत बजारले गति लिन सकेन । यही बीचमा बजारमा पुँजीगत लाभकर वृद्धि हुने हल्लाले लगानीकर्ताहरु त्रसित भएका छन् । शेयर बजारका लगानीकर्ता पुँजीगत लाभकरलाई नै अन्तिम करको व्यवस्था ऐनमा नै गर्नु पर्नेमा जोड दिँदै आएका छन् ।

सरकारले करको दर बढाउने भन्दा पनि दायरा बढाउने र बजारमा डिमाण्ड बढाउने नीति ल्याउनु पर्ने  लगानीकर्ता विनोद बजगाँई बताउँछन् ।