गृह मन्त्री लेखकले राजीनामा नदिने, आजकाे संसदमा कुनै हालतमा बाेलेरै छाड्ने

May 28, 2025 12:23 PM mero lagani



गृहमन्त्री रमेश लेखकले संसदबाटै  आफुमाथि लागेका  आराेपकाे जवाफ दिने भएका छन् । केहीबेर अघि प्रधाानमन्त्री केपी  ओली, काँगेस सभापति देउवा र गृहमन्त्री लेखकसहित प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफलमा संसदबाटै स्पष्टीकरण दिने सहमति भएकाे हाे।

छलफलले गृहमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्स निकालेकाे छ ।

प्रतिपक्षी दलहरूले गृहमन्त्रीकाे राजीनामा नआएसम्म संसद चल्न नदिने अडान लिएका छन् । उनीहरूले गृहमन्त्रीकाे राजीनामा माग्दै मंगलवारकाे संसद अवरूद्ध पारेका थिए ।

सत्तारूढ दलहरूले भने गृहमन्त्रीले राजीनामा दिनु नपर्ने बताइरहेका छन् । राजीनामा माग्ने प्रतिपक्षी र संसदमै सम्वाेधन गर्ने गृहमन्त्री लेखककाे अडानले बुधवारकाे संसदमा तनाव बढ्ने देखिएकाे छ ।