ठूला सडक तथा राजमार्गका खाल्डाखुल्डी पुर्न साढे ४ अर्ब बजेट

May 29, 2025 11:43 AM merolagani



सरकारले आगमी आर्थिक वर्ष २०८२।०८३ मा देशभरका रणनीतिक सडकमार्गहरुको मर्मत,सम्भार र खाल्डाखुल्डी पुर्न झन्डै साढे ४ अर्ब बजेट विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभाग मातहतको झन्डै १५ हजार किलोमिटर सडकको मर्मत सम्भार गर्न उक्त बजेट रकम विनियोजन भएको हो ।

आगामी आवका लागि ४ अर्ब ३८ करोड रुपैयाँ देशभरका सडकको मर्मत,सुधार गर्न बजेट प्राप्त भएको विभागका प्रवक्ता प्रभातकुमार झाले बताए । उनका अनुसार, सडक विभागले गर्ने नियमित, पटके र भैपरि आउने सडकको मर्मत सम्भारकार्य हरेक वर्ष गर्ने गरेको छ ।

आगामी वर्षका लागि विभागले १० अर्ब रुपैयाँ सडक मर्मत सम्भारका लागि माग गरिए पनि ४ अर्ब ३८ करोड रुपैयाँको मात्र सुनिश्चितता भएको उनले बताए । विभागले बर्खायाम सुरु भएसँगै आइपर्ने बाढी, पहिरो र डुवानका कारण सडक अवरुद्ध हुने र सडक बिच्छेद हुनेबित्तिकै सडक सुचारु गरिहाल्ने गरी टोली परिचालन गर्ने झाले बताए ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।