आर्थिक सर्वेक्षण संघीय संसदमा पेश, चालु वर्ष ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अर्थमन्त्रीको दावी

May 29, 2025 02:28 PM merolagani



अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेका छन्।

उनले चालु वर्ष ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराएका छन्। मधेस, कोसी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनको अनुमान छ।  यसै गरी अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने उनले बताए।

कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषिको योगदान २५.१६ प्रतिशत रहेको र  मुद्रास्फीति ४.७२ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ। उनका अनुसार २०८१ फागुनसम्म सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको बताइएको छ। वित्तीय पहुँच बढेको र सबै स्थानीय तहमा बैंकको शाखा पुगेको भनेर उनले गर्व गरे।