स्वास्थ्य बीमाका लागि १० अर्ब बजेट विनियोजन

May 29, 2025 04:59 PM Merolagani



सरकारले स्वास्थ्य बीमाका लागि १० अर्ब बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै स्वास्थ्य बीमालाई निरन्तरता दिँँदै १० अर्ब बजेट विनियोजन गरेको बताए।

पौडेलले हालसम्म बाँकी रहेको भुक्तानी दाबीलाई पनि यसै वर्ष फरफारक गराइने बताए। त्यसका लागि तेस्रो पक्षबाट परीक्षण गराई २०८२/८३ भित्रै बाँकी भुक्तानी प्रदान गरिने उनको भनाइ छ।