निर्जीवन बीमाकाे व्यवसाय झन्डै ३६ अर्ब पुग्यो, शिखर सबैभन्दा अगाडि

May 31, 2025 10:55 AM MeroLagani



निर्जीवन बीमा कम्पनीहरुले चालु आवको बैशाखसम्म ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । त्यसमध्ये १४ वटा निर्जीवन बीमा कम्पनीले ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँको व्यवसाय गर्दा ४ वटा लघु निर्जीवन बीमा कम्पनीले भने ७६ करोड ६९ लाख रुपैयाँको व्यवसाय गरेका छन् । 

समग्रमा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलन ८ दशमलब ४६ प्रतिशतले बढेको छ । १४ वटा ठूला निर्जीवन बीमा कम्पनीको मात्रै ६ दशमलब ७६ प्रतिशतले बढेको छ भने लघु निर्जीवन बीमाको बीमा शुल्क संकलन भने २ सय ९५ प्रतिशतले बढेको देखिएको छ ।

निर्जीवन बीमा कम्पनीमा कुल बीमा संकलनको आधारमा शिखर इन्स्योरेन्स शिर्ष स्थानमा रहेको छ । कम्पनीले बैशाखसम्म ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । यो गत वर्षभन्दा ३ दशमलब १० प्रतिशतले बढी हो । गत वर्ष शिखरले ४ अर्ब ५४ करोड रुपैयाँ बराबरको मात्रै बीमा शुल्क संकलन गरेको थियो ।

शिखरको प्रतिस्पर्धामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स आएको छ । सगरमाथा लुम्बिनी चालु आवको बैशाख मसान्तसम्म ४ अर्ब ४ करोड १५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ४ दशमलब ०२ प्रतिशतले बढी हो ।

सगरमाथापछि सिद्धार्थ प्रिमियमले ३ अर्ब ४७ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ८ करोड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै नेकोले २ अर्ब ७० करोड, एनएलजीले २ अर्ब ४२ करोड, दी ओरियन्टल इन्स्योरेन्सले २ अर्ब २५ करोड, सानिमा जीआईसीले २ अर्ब ९ करोड, युनाइटड अजोडले २ अर्ब ९ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ६८ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ४३ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १६ करोड र नेसनल इन्स्योरेन्सले ९२ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

१४ वटा निर्जीवन बीमा कम्पनीमध्ये बैशाखरसम्म १० वटा कम्पनीको बीमा शुल्क संकलन बढेको छ भने ४ वटाको घटेको छ । सबैभन्दा धेरै दी ओरियन्टल इन्स्योरेन्सको ३७ दशमलब ११ प्रतिशतले बढेको छ भने राष्ट्रिय बीमा कम्पनीको १३ दशमलब ११ प्रतिशतले बीमा शुल्क संकलन घटेको छ ।

जारी बीमा लेखको संख्याकाे आधारमा बैशाख महिनामा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स अगाडि देखिएको छ । कमपनीले बैशाख मसान्तसम्म २ लाख ५१ हजार ६ सय ६९ वटा बीमा लेख जारी गरेका छन् जुन अघिल्लो आवको सोही अवधिको तुलनामा केही कम हो । बैशाखसम्म शिखर, नेको, सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट र युनाइटेड अजोड इन्स्योरेन्सले २ लाख वटा भन्दा बढी बीमा लेख जारी गरेका थिए । आईजीआई प्रुडेन्सियल, एनएलजी, नेपाल, राष्ट्रिय बीमा, सानिमा र प्रभु इन्स्योरेन्सले १ लाख भन्दा बढी बीमालेख जारी गरेका थिए । दी ओरियन्ल र नेसनल इन्स्योरेन्सले भने १ लाखभन्दा कम मात्रै बीमालेख जारी गरेका थिए।

लघु निर्जीवन बीमाको व्यवसाय बढ्दो

४ वटा निर्जीवन बीमा कम्पनीको जारी बीमा लेख र बीमा शुल्क संकलन भने गत वर्षको सोही अवधिको तुलनामा झन्डै तीन गुणाले बढेको देखिएको छ । चालु आवको बैशाखसम्म चार वटा निर्जीवन लघु बीमाले ७६ करोड ६९ लाख ५२ हजार रुपैयाँ संकलन गरेका छन् जुन अघिल्लो वर्षको बैशाखसम्म १९ करोड ३९ लाख रुपैयाँ मात्रै थियो ।

त्यसैगरी चार वटा लघु बीमा कम्पनीले बैशाखसम्म ३ लाख ८ हजार ३ सय ७६ वटा बीमालेख जारी गरेका छन् जुन गत वर्ष ८५ हजार ५ सय ५४५ वटा मात्रै थियो ।

निर्जीवन लघु बीमा कम्पनीमा बीमा शुल्क संकलन र जारी बीमा लेख दुवैमा ट्रष्ट माइक्रो इन्स्योरेन्सको वृद्धि दर सबैभन्दा बढी देखिएको छ । गत वर्ष ५ हजार ५ सय ९१ वटा बीमा लेख जारी गरेको ट्रस्टले चालु आवको बैशाखसम्म ६१ हजार ७७९ वटा पुर्याएको छ । त्यस्तै बीमा शुल्क संकलन १ करोड ३० लाख रुपैयाँ रहेकोमा चालु आवको बैशाखसम्म १७ करोड ६ लाख रुपैयाँ पुर्याएको छ ।

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार महत्त्वपूर्ण निर्णय

May 04, 2026 12:44 PM

सरकारले राष्ट्रपतिबाट फिर्ता आएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फेरि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।