राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाव माग्याे

Jun 09, 2025 06:22 PM mero lagani



नेपाल  राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ।

बैंकले सोमबार सूचना जारी गर्दै सुझाव माग गरेको हो।

राष्ट्र बैंकले असार १० भित्र मौद्रिक नीति तर्जुमाका लागि राय र सुझाव बैंकको आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन आग्रह गरेकाे छ।

राष्ट्र बैंकले बजेटपछि हरेक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ।