बाढीले नुप्चे–लिखु जलविद्युत् आयोजनामा क्षति, ३ महिनापछि धकेलियो विद्युत् उत्पादन

Jul 07, 2025 05:15 PM merolagani



निरन्तरको वर्षाका कारण आएको बाढीले ५७.५ मेगावाट क्षमताको नुप्चे–लिखु जलविद्युत् आयोजनाको बाँधक्षेत्रको संरचनामा क्षति पुगेको छ ।

आयोजनाका अनुसार, आइतबार साँझको वर्षाका कारण आएको बाढीले बाँध र हेडवक्स क्षेत्रमा क्षति पुगेको हो ।

भिजन इनर्जी एण्ड पावर लिमिटेडको प्रवर्द्धनमा निर्माणाधीन उक्त जलविदुत् आयोजना निर्माणको अन्तिम चरणमा थियो । आगामी २०८२ साउन मसान्तसम्म आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि बाढीका कारण आयोजनामा क्षति हुँदा आयोजना ३ महिना पछि धकेलिएको छ ।

क्षतिग्रस्त संरचनाको पुनर्निमाण गरेर आयोजनाबाट विद्युत् उत्पादन गरिनेछ । त्यस्तै बाढीका कारण दोलखाको जिरी नगरपालिका २ मा रहेको झाक्रे खोला जलविद्युत् केन्द्रको पावरहाउसमा बाढीले क्षति पुर्याएको छ । ६३५ किलोवाट क्षमताको उक्त जलविद्युत् आयोजनाको विद्यृतगृहमा माथिबाट पहिरो आउँदा क्षति भएको हो ।




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।