रसुवा बाढी अपडेटः यस्तो छ हालसम्मको प्रारम्भिक क्षति र उद्धार विवरण

Jul 08, 2025 12:53 PM merolagani



नेपाल प्रहरी रसुवा बाढीका कारण भएको क्षति र उद्धारको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार, १८ जना सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीनमध्ये ३ जना प्रहरी कर्मचारी, ६ जना चिनिँया नागरिक रहेका छन् । त्यस्तै,प्रहरी र सेनाको सहयोगमा  ९ जनाको उद्धार गरिएको छ । २ जना सुरक्षाकर्मी र ७ जना सर्वसाधारण नागरिकको उद्धार भएको नेपाल प्रहरीले जनाएको छ ।

त्यस्तै, बाढीका कारण बेपत्ता भएकाको खोजीकार्य तीव्र रुपमा भइरहेको छ । हालसम्म १२० जना प्रहरीहरु रसुवा बाढीमा परिचालित भएका छन् ।

प्रहरीका अनुसार, नेपाल र चीन जोड्ने नाका मितेरी पुल बाढीले बगाएको छ । जसका कारण सडकमार्ग अवरुद्ध छ । त्यस्तै कतिपय विद्युत्तीय चार्जिङ स्टेशनमा क्षति पुगेको,जलविद्युत् आयोजनामा क्षति पुगेको,सयभन्दा बढी मालबाहक गाडी बगाएको छ । बाढीका कारण धुन्चेदेखि टिमुरेसम्म जोड्ने सडकमार्ग समेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

१११ मेगावाटको रसुवागढी, त्रिशुली ३ बी, त्रिशुली सवस्टेशनलगायतका आयोजनामा समेत बाढीले क्षति पुर्याएको छ ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।