आईसीएफसी फाइनान्सको नाफामा उल्लेख्य बृद्धि

Aug 14, 2025 01:14 PM Merolagani



आईसीएफसी फाइनान्स लिमिटेड(ICFC)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार फाइनान्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सले ३४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०४.६० प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी, सञ्चालन मुनाफ बढेसँगै इम्पेरमेन्ट चार्ज घटेका कारण फाइनान्सको खुद नाफा उल्लेख्य वृद्धि भएको हो ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.१५ प्रतिशतले बढेर ६१ करोड ६९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षमा १६ करोड १५ लाख रुपैयाँ गरेको फाइनान्सको सञ्चालन आम्दानी ५० करोड २१ लाख रुपैयाँ पुगेको छ । फाइनान्सको इम्पेरमेन्ट चार्जमा व्यवस्था भएको ७ करोड २७ लाख रुपैयाँ फिर्ता भएको छ । गत असार मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २४ करोड ५९ हजार रुपैयाँ छ ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी बढेको छ। फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार फाइनान्सको प्रतिशेयर आम्दानी २९ रुपैयाँ १५ पैसा कायम भएको छ । यस अवधिमा फाइनान्सको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ७२ रुपैयाँ रहेको छ । त्यसैगरी फाइनान्सकाे खराब कर्जामा समेत सुधार भएको देखिन्छ । यस अवधिमा फाइनान्सको खराब कर्जा अनुपात १.८३ प्रतिशत रहेको छ ।

१ अर्ब १८ करोड ३४ रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा ७६ करोड २५ लाख करोड रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सले १९ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ८७ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।




सुनचाँदीको मूल्यमा भारि गिरावट

Nov 20, 2026 10:45 AM

मंसिर ४ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट भएको छ। यसदिन सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी तोलाको २२५ रुपैयाँले घटेको हो ।