सेनाको सुरक्षा अपडेट: भद्रपुरमा फेला परेको शङ्कास्पद बस्तु डिस्पोज, विभिन्न स्थानहरूबाट १३५ नाल हतियारहरू बरामद

Sep 12, 2025 01:24 PM merolagani



नेपाली सेनाको सुरक्षा अपडेट आएको छ। सेनाकाअनुसार झापाको भद्रपुर नगरपालिका वडा नं.८ स्थित हस्पिटल चोकमा फेला परेको शङ्कास्पद बस्तुलाई सुरक्षित साथ डिस्पोज गरिएको छ।

यता काठमाडौँको महाराजगन्ज इलाकाबाट विभिन्न मोबाइल तथा विदेशी मुद्रा सहित दुई जना शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ।

उता धादिङ स्थित गजुरीमा रहेको धादिङ कारागारबाट भागेका कैदीहरू मध्ये ४३ जनालाई नियन्त्रणमा लिइएको छ।

यसैगरी हालसम्म विभिन्न स्थानहरूबाट १३५ नाल हतियारहरू बरामद भएको सेनाले जनाएको छ।

 

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।