पत्रकारले प्रवक्तालाई सोधेका थिए, “सेप्टेम्बर १२ मा नेपालकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशको अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको छ। यसमा चीनको के भनाइ छ ? भनेर प्रश्न गरिएको थियो । ”
जवाफमा प्रवक्ताले भने, “चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकोमा सुशीला कार्कीलाई बधाई ज्ञापन गर्दछ। चीन र नेपालबीच लामो समयदेखि मित्रवत सम्बन्ध रहिआएको छ। चीनले नेपालका जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सधैं सम्मान गर्दछ।”
उनले थपे, “हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई अगाडि बढाउन, विभिन्न क्षेत्रहरूमा आदानप्रदान र सहयोगलाई विस्तार गर्न तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन नेपालसँग मिलेर काम गर्न इच्छुक छौं।”
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई हालैको राजनीतिक सहमतिपछि नेपालको अन्तरिम सरकारको नेतृत्व गर्न जिम्मेवारी दिइएको हो। उनी नेपालको इतिहासमै पहिलो महिला प्रधानन्यायाधीश हुन्।